छ वटै महानगरमा सत्तारुढ पार्टीबीच भागवण्डा मिलिसकेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो स्थानीय तहको निर्वाचनका लागि छ वटै महानगरपालिकामा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुबीच भागवण्डा मिलिसकेको बताएका छन् ।

सोमबार बालुवाटारमा बसेको गठबन्धनको बैठकलगत्तै पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘मुलुकभर रहेका ६ वटै महानगरपालिकामा चुनावी भागवण्डा मिलिसकेको छ र बाँकी कुरा आजै बेलुका अर्को बैठक बसेर टुंगो लगाइनेछ’ उनले भने ।

उनले स्थानीय चुनाव तोकिएकै समय वैशाख ३० गते हुने पनि बताए । उनले भने, ‘सरकार र गठबन्धनका दलहरु निर्वाचन सार्ने पक्षमा छैनन्, म अहिले भर्खरै गठबन्धनकै बैठकबाट आएँ । निर्वाचन तोकिएकै समयमा हुन्छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस