जनकपुरधाम । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस विहिबार नेपाल आउने भएका छन । सद्भावपूर्ण भ्रमणका लागि महानिर्देशक गेब्रेयसस नेपाल भ्रमणमा आउने भएका हुन् ।
महानिर्देशक गेब्रेयससले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
तीन दिने भ्रमणका लागि आउन लागेका महानिर्देशक गेब्रेयससले बिहिबार नै स्वास्थ्य मन्त्री विरोध खतिवडा, परराष्ट्रमन्त्री नारायण खड्कालाई समेत भेट्ने छन । सोही दिन राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाई पनि भेट्ने भएका छन ।
त्यस्तै, गेब्रेससले हनुमान ढोका दरबार स्वाक्यर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, पाटन हाइस्कुल, र टाइफाइड खोप कार्यक्रमका बारेमा पनि जानकारी लिने कार्यक्रम तय भएको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।