बलात्कार आरोपित युवकलाई आठ वर्ष कैद

राजविराज । सप्तरीमा एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपित युवकलाई ८ वर्ष कैद सजाय सुनाइएको छ । सप्तरी जिल्ला अदालतले जिल्लाको रुपनी गाउँपालिका–६ तेरहौताका २० वर्षीय सुरेशकुमार सरदारलाई कैद सजाय सुनाएको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले सरदारलाई कैदकासाथ पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए ।

आरोपित सुरेशलाई २०७३ फागुन ८ गते पुर्पक्षका लागि २५ हजार धरौटी लिई तारेखमा रिहा गरिएको थियो । घटनाका अर्का आरोपी सोही ठाउँका २० वर्षीय आकाश भनिने रमेशकुमार सरदार फरार रहेकाले उनको हकमा मुद्दा मुल्तबी रहेको छ ।

२०७३ माघ ५ गते राति आरोपीहरूले १२ वर्षीया दुई बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले सुरेशलाई सोही दिन पक्राउ गरि अदालतमा उपस्थित गराएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस