जसपाद्वारा स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘स्थानीय तहलाई भ्रष्टाचार मुक्त बनाऔँ, विकास र संमृद्धिको अभियान अघि बढाऔँ’ नाराका साथ स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।

आइतवार नयाँ बानेश्वरस्थित अल्फा विटा व्याङक्वेटमा आयोजना गरिएको कार्यक्रममा जसपाले घोषणापत्र सार्वजनिक गरेको हो ।

जसपाले आफ्ना घोषणापत्रमा सार्वजनकि खोनेपानी आयोजनाबाट वितरित खोनेपानीको २ सय रुपैयाँसम्मको विल निःशुल्क गर्ने, आधुनिक शैचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न १० हजार रुपैयाँको अनुदान उल्लेख गरेको छ ।

त्यस्तै, प्रत्येक वडामा ५० र नगरपालिकामा ५ सय जना युवालाई रोजगारी दिने, माध्यामिक तहसम्मको शिक्षा व्यवहारिक रूपमै निःशुल्क र गुणस्तरीय बनाउने घोषणापत्रमा उल्लेख गरेको छ ।

हेर्नुहोस् पूर्णपाठः

चुनाबी घोषणा पत्र. २०७९
Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780