अग्नीसाइर कृष्णासवरनको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

राजविराज, ३ जेठ । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले जितेको छ ।

एमालेका दिनानाथ चौधरीले ४ हजार ८७४ मत ल्याएर विजयी भएका छन् । उनका निकतटम प्रतिद्वन्दी निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार परशुराम चौधरीले ३ हजार ८ सय ८८ मत ल्याए ।

त्यस्तै, उपाध्यक्षमा कांग्रेसकी कल्पनाकुमारी चौधरीले ४ हजार २१६ मत ल्याएकी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेकी शैलेन्द्री लेखी थरुनीले ३ हजार ४५९ मत प्राप्त गरिन् । कुल ६ वटा वडा रहेको सो पालिकामा ३ वटामा कांग्रेस, २ वटामा एमाले र एउटामा माओवादी केन्द्रले जितेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस