लोसपा नेता मण्डलको घोषणाः हारको नैतिक जिम्मेवारी लिँदै राजिनामा दिन्छु

राजविराज, ४ जेठ । लोकतान्त्रक समाजवादी पार्टीका केन्द्रीय सदस्य गजेन्द्र मण्डलले स्थानिय तह निर्वाचनमा पार्टीलाई हार व्यर्होनु परेको भन्दै त्यसको नैतिक जिम्मेवारी लिँदै राजिनामा दिने घोषणा गरेका छन् ।

उनले आज सामाजिक सञ्जालमा सप्तरीको राजगढ गाउँपालिकामा पार्टीलाई हार व्यर्होनु परेको उल्लेख गरेका छन् । सो हारको नैतिक जिम्मेवारी लिँदै पार्टीको सम्पूर्ण पदबाट राजिनामा दिने उनले घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘लोसपा नेपाल सप्तरी । राजगढ गाउँपालीकामा स्थानीय निर्वाचनमा पार्टीको हारको नैतीक जिम्मेवारी लिँदै पार्टीको सम्पूर्ण पद बाट राजिनामा दिने घोसना गर्दछु ।’

Author:



क्याटोगरी छान्‍नुहोस