मधेस प्रदेशमा कर तथा गैर कर सम्बन्धी विधेयक पारित

जनकपुरधाम। मधेस प्रदेशमा कर तथा गैर कर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

आज बसेको प्रदेशसभाको बैठकले मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले सो विधेयक प्रस्तुत गरेका थिए ।

सो विधेयक सर्वसम्मतिले पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरे । बैठकमा अर्थमन्त्री साहले आर्थिक विधेयक २०७९ प्रस्तुत गरेका थिए ।

विधेयक पारित भएसँगै प्रदेशसभाको बैठक अर्को सूचना नहुञ्जलेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस