संघीयता असफल बनाउन षड्यन्त्र भइरहेको छ : मुख्यमन्त्री राउत

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई असफल तुल्याउन विभिन्न षड्यन्त्रहरु भइरहेको दावी गरेका छन् । संघीय संसद, राष्ट्रिय सभाद्वारा आयोजना गरिएको संघीय शासन प्रणाली सवलीकरण बिषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘मधेशी जनताको ठुलो बलिदानीबाट आएको संघीयतालाई असफल तुल्याउन विभिन्न शक्ति केन्द्रले जालझेल गर्दै आएको छ तर ती सबै कुरा मधेशी जनताले बुझेका छन् र ती शक्तिहरुको प्रयास सफल हुन दिँदैनन् भन्ने विश्वास छ’ उनले भने ‘संघीयताको असफल बनाउनकै लागि संविधानले स्पष्ट गरेको अधिकारमा पनि कटौती गर्ने, साढे २ वर्ष अघि नै पास भइसकेको प्रहरी ऐन कार्यान्वयन गर्नमा आनाकानी गर्नु जस्ता प्रपंचहरु भइरहेको छ ।’

देशमा संबैधानिक संघीयता आएपनि व्यवहारमा अझैं पनि केन्द्रीकृत मानसिकताले संघीयता संस्थागत हुन कठिनाई भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यस्ता मानसिकता आफैं परास्त हुने दावी समेत गरे ।

संघीयता कार्यान्वय अध्ययन तथा अनुगमन समितिका संयोजक खिमलाल देवकोटाको अध्यक्षतामा आयोजित अन्तरक्रियामा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, राष्ट्रियसभाका पूर्व उपाध्यक्ष शशिकला दहाल, प्रदेशका सभामुख सरोजकुमार यादव लगायत राष्ट्रिय सभाका सदस्यहरु, प्रदेशका मन्त्रीहरु, प्रदेशसभाका सदस्यहरु, स्थानीय सरकारका प्रतिनिधिहरु, प्रदेश मन्त्रालयका सचिवहरु, आठ वटै प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस