राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकता भएको छ । बुधबार राष्ट्रिय सभा गृहमा एक कार्यक्रमबीच राप्रपा र मिश्र समूहबीच एकता घोषणा भएको हो ।

अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् । यसअघि सोमबार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए । मिश्र काठमाडौँ–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेका छन् ।

त्यस्तै प्रदेश र अन्य तहको समितिको समायोजन गर्नका लागि ४ सदस्यीय कार्यदल बनाइएको छ । एकता घोषणाका क्रममा बटुकहरुले स्वस्ती वाचन गर्नुका साथै शंख र घण्ट बजाएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस