५ हजार ९ सय ६८ उम्मेदवारी दर्ता

जनकपुरधाम । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ मा हुने निर्वाचनका लागि कुल ५ हजार ९ सय ६८ उम्मेदवारी दर्ता भएको छ ।

प्रतिनिधिसभाको १ सय ६५ वटा निर्वाचन क्षेत्रका लागि हालसम्म २ हजार ५ सय १३ र प्रदेशसभा तर्फ ३४ सय ५५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिएका हुन् ।

उम्मेदवारी दिनेको विवरण अद्यावधिक भइरहेको आयोगले जनाएको छ । उम्मेदवारका विरुद्ध आयोगले सोमबार १० देखि ३ बजेसम्म उजुरी दिन सकिने समय छुट्याएको थियो । मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने आयोगले जनाएको छ ।

उजुरी परेपछि सोमबार ३ बजेदेखि मंगलबार ५ बजेसम्म उजुरीको जाँचबुझ हुने उनले बताए । मंगलबार साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने सहायक प्रवक्ता अर्यालले जानकारी दिए ।

बुधबार १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ । त्यही दिन ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780