१२९ मत नपुगेर हारे रविन्द्र मिश्र, प्रकाशमान चौथो पटक विजयी

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नम्वर १ बाट लगातार चौथो पटक विजयी भएका छन् ।

सिंहले ७ हजार १४० मत ल्याएर विजयी भएका हुन् । सिंहले आफ्ना प्रतिस्पर्धी रवीन्द्र मिश्रभन्दा १२९ मतले अगाडि रहँदै निर्वाचित भएका हुन् । मिश्रले ७ हजार ११ मत ल्याएका छन् । अघिल्लो निर्वाचन २०७४ सालमा पनि सिंहले मिश्रलाई नै पराजित गरेका थिए ।

प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा सिंहले बुबाको राजनीतिक विरासतलाई कायम राख्दै आएका छन् । सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस