सीकेतर्फ संकेत गर्दै उमेशले भने–मधेशमा हिंसा भड्काउन आफ्नो विदेशी प्रभुको काम त गर्छन् नै

राजविराज – पूर्व मन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता उमेशकुमार यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई संकेत गर्दै उनको बिचार र चरित्र अस्थिर तथा शंकास्पद रहेको बताएका छन् ।

उनले शनिवार विहान सामाजिक सञ्जालमार्फत यस्तो लेखेका छन् । ‘मधेशी भाषा हुँदैन’ उनले लेखेका छन्, ‘जसको यो परिवर्तन ल्याउन कुनै योगदान छैन, जसले आफ्नै देशको सन्दर्भमा अत्यन्तै अपमानजनक गाली गर्छन्, जसले कुनै आविष्कार नै नगरी झुठो पदवी र संस्थाको झुठो नाम प्रचार गर्छन्, जसले कुनै समय कुनै निश्चित जातलाई दरभङ्गिया भन्छन, कुनै जातलाई जङ्गलराज भन्छन, जसले वार्ता र सम्झौताको नाममा खुट्टा समातेर ज्यानको भिख माग्छन्, जसको बिचार र चरित्र अस्थिर र सन्दिग्ध छ’ उनले लेखेका छन् ।

माओवादी केन्द्र, सप्तरीका जिल्ला अध्यक्ष रहेका यादवले उनलाई वैदेशिक शक्ति र धार्मिक अतिवादले निर्वाचनमा नाङ्गिएर सहयोग गरेको दावी गरे । ‘जसलाई वैदेशिक शक्ति र धार्मिक अतिवादले निर्वाचनमा सहयोग गर्न नाङ्गिएर आउँछ । जसले आफ्नो बिरोध प्रदर्शनलाई सहन सक्दैन । त्यसले मधेशमा आन्तरिक हिंसा भडकाउन आफ्नो बिदेशी प्रभुको काम त गर्छन् नै । अब पनि सोच्ने हो कि ?’ भन्दै नेता यादवले प्रश्न गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस