डाक्नेश्वरीका वडाध्यक्ष मियाँ पूर्पक्षका लागि कारागार चलान

राजविराज, २४ पौष । सप्तरीमा नागरिकता, छाप र सरकारी कागजात किर्ते गरी सामाजिक सुरक्षा भत्ताबाट झण्डै एक करोड रुपैयाँ अपचलन गरेको मुद्दामा पक्राउ परेका वडाध्यक्षलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।

सप्तरी जिल्ला अदालतले आइतवार जिल्लाको डाक्नेश्वरी नगरपालिका–२ का वडाध्यक्ष रहमान मियाँलाई कारागार चलान गरेको हो । अघिल्लो कार्यकालकै बेला वडाध्यक्ष रहदा मियाँसहितकाले झण्डै ९० जना सर्वसाधारणको नाममा सरकारी कागजात, छाप र नागरिकतासम्म किर्ते गरी आर्थिक वर्ष ०७४/०७५, ०७५/०७६ र ०७६/०७७ सम्म सामाजिक सुरक्षा भत्ता निकासा गरी अपचलन गरेका छन् भने उमेर नपुगेका भएपनि किर्ते जालशाजी गरी आफ्ना आसेपासेलाई सामाजिक सुरक्षा भत्ता खुवाएको मियाँमाथि आरोप छ ।

वडा कार्यालयले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता सम्बन्धी विवरण र सो आधारमा जिल्ला प्रशासन कार्यालय सप्तरीवाट प्राप्त नागरिकता नम्बरहरुको विवरणबाट पनि मियाँसहितकाले एउटै नम्वरको नागरिकतामा फरक फरक व्यक्तिको फोटो राखेर नागरिकता प्रतिलिपी तयार पारेको मुद्दामा उल्लेख छ ।

उच्च अदालत जनकपुर, राजविराज इजलासको परमादेशपछि ०७७ असोज २२ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा भएँगै मियाँ फरार रहदै आएका थिए । गत विहिबार मात्रै पक्राउ परेका मियाँलाई अदालतमा उपस्थित गराएपछि पूर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस