सप्तरीमा मोटरसाइकल टिपरमा ठोक्किँदा दुईकाे मृत्यु, दुई जना घाइते

राजविराज, २४ पाैष । सप्तरीमा बिग्रेर सडकमा राखिएको टिपरमा अाइतबार मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । हुलाकी राजमार्ग अन्तर्गत खडक नगरपालिका-११ स्थित दुर्घटना भएको हाे ।

बिग्रेर राखिएको स.१ख ९२८ नम्बरको टिपरमा राजविराजतर्फ आउँदै गरेकाे बा ८९ प ३२१५ र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकलले एकै पटक ठोक्किएर दुर्घटना भएको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । उनका अनुसार बा ८९ प ३२१५ नम्बरको मोटरसाइकलका चालक खडक नगपालिका ११ बनौलीका २० वर्षीय बैजु भनिने बैजनाथ चौधरी र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकलका चालक डाक्नेश्वरी नगरपालिका १० बस्ने २२ वर्षीय रामाकान्त चौधरीको मृत्यु भएको हाे ।

प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकलको पछाडी सवार डाक्नेश्वरी १० का २२ वर्षीय सुमन चौधरी र बा ८९ प ३२१५ नम्बरको मोटरसाइकलको पछाडि सवार खडक नगरपालिका ११ बनौली बस्ने २२ बर्षीय बुधन चौधरी घाईते भएका छन् । उनीहरुको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस