शीतलहरबाट मृत्यु भएका परिवारलाई गाउँपालिकाबाट राहत प्रदान

राजविराज – सप्तरीमा शीतलहरबाट मृत्यु भएको परिवारलाई गाउँपालिकाले आइतवार राहत सामग्री प्रदान गरेको छ । गत बिहिबार खाना खाएर सुतेका तिलाठी कोइलाडी गाउँपालिका–४ मुसहर टोलका ४५ वर्षीय राजु भनिने देवु सदाको मृत्यु भएको थियो ।

देवुको परिवारलाई तिलाठी कोइलाडी गाउँपालिकाले ५० किलो चामल, ५ किलो मुरही, ५ किलो दाल, ५ किलो नुन, अढाइ किलो खानेतेल, दुई थान ब्ल्यांकेट र एक थान त्रिपाल प्रदान गरेको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, वडा नम्वर ४ का वडा अध्यक्ष मुनीलाल मुखिया, वडा नम्वर ५ का वडा अध्यक्ष ललन प्रसाद राउतले सो सामग्रीहरु हस्तान्तरण गरेका हुन् । सो अवसरमा जनस्वास्थ्य निरीक्षक दिपक मण्डल, काँग्रेसका नेता शम्भुलाल देवसहितको सहभागिता रहेको थियो ।

मुसहर वस्तीमा विहानैदेखि रक्सी खाने प्रथा नै चलिआएकोले समस्या उत्पन्न हुने गरेको हुँदा रक्सी खाने बानीमा सुधार गर्न अध्यक्ष मण्डलले वस्तीका बासिन्दाहरुसँग आग्रह गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस