मिर्चैया तनावग्रस्त, ढुंगा प्रहारबाट ७ प्रहरी घाइते

लहान – सिराहा मिर्चैया नगरपालिका–३ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा बिरामी हुँदा पानीको साटो झुक्किएर शिक्षिकाले स्पिरिट दिएपछि उपचारको क्रममा मृत्यु भएको छ।

मृत्युपछि त्यहाँका स्थानीय र विद्यार्थीले आन्दोलन गर्दा मिर्चैया बजारको स्थिति तनावग्रस्त छ। छात्राको मृत्युपछि परिवार र आफन्त प्रदर्शनमा उत्रिएका छन्।

प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय मिर्चैयामा घेरा हालेपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर र ३ राउण्ड ग्याँस सेल प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी सुवास बुढाथोकीले बताए ।

प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा ७ जना प्रहरी घाइते भएका छन् । १५ वर्षीया छात्रा सिर्जनाकुमारी महराको गए राति मृत्यु भएको थियो । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी बुढाथोकीले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस