जसपाकी मन्जु शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा)की नेतृ मञ्जु शर्मा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएकी छन् ।

सोमबार निर्वाचन आयोगले समानुपातिक सूचीमा रहेकी शर्मालाई निर्वाचित गरेको उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । जसपाकी समानुपातिक सांसद शहनाज रहमानको गत फागुन १३ गते निधन भएको थियो।

उनको निधन भएपछि आयोगले बन्दसूचीको क्रम ५३, महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकताक्रम २ मा रहेकी शर्मालाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको घोषणा गरिएको हो ।

निर्वाचित भएकी उनको नामावली राजपत्रमा प्रकाशन गर्ने र प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा ३८ को उपदफा (२) सँग सम्बन्धित अनुसूची–३० बमोजिमको प्रमाणपत्र प्रदान गर्ने निर्णय गरिएको सहायक प्रवक्ता अर्यालले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस