जसपा मधेस प्रदेश समितिद्वारा विधान संशोधनको मस्यौदामाथि छलफल

राजविराज – जनता समाजवादी पार्टी (जसपा) नेपाल, मधेश प्रदेश समितिले विधान संशोधनको मस्यौदामाथि छलफल सुरु गरेको छ ।

शनिबारबाट बाराको कलैयामा सुरु भएको सो छलफलमा प्रदेशभरिका नेता–कार्यकर्ताहरु उपस्थित रहेका छन् । जसपाका अध्यक्षको नेतृत्वमा बनेको कार्यदलले विधान संशोधन मस्यौदा तयार पारेको छ । यही चैत २६, २७ र २८ गते विधान अधिवेशन हुनेछ ।

छलफलमा पार्टीका कार्यकारिणी सदस्य राज किशोर यादव, लालबाबु राउत, मुख्यमन्त्री सरोज यादवलगायत नेता तथा कार्यकर्ताहरू सहभागी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस