उपेन्द्र यादव भारी मतले विजयी हुन्छः कांग्रेस नेता पासवान (भिडिओ)

बारा, १ वैशाख । नेपालको राजनीतिमा कलावती वासवानको नाम नौलो होइन । लोकतान्त्रिक आन्दोलन होस वा मधेश आन्दोलन होस् वा दलितमुक्ति आन्दोलन उनी सशक्त योद्धाको रुपमा आफ्नो परिचय बनाउन सफल भएकी छिन् । सामान्य जीवनशैली र स्पष्ट वाकपटुता कलावतीको विशेषता रहेको छ ।

शोषण, दमन, विभेद एवम् उत्पीडन विरुद्धको गतिविधि दरो रुपले उभ्याउनसक्ने नेताको रुपमा चिनिन्छन् उनी । नेपाली कांग्रेसकी नेतृ कलावती यतिबेला बारा–२ मा हुन गइरहेको उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई जिताउन जनता दर्शन कार्यक्रममा व्यस्त छिन् । मधेशी, दलित, आदिवासी, मुस्लिम, महिला, पिछडावर्ग, अल्पसङ्ख्यक लगायतका समुदायका लागि लड्ने योद्धा उपेन्द्र यादव नै भएकोले भारी मतले विजयी हुने पूर्व राज्यमन्त्री समेत रहेकी कलावतीको दावी छ ।

मधेशलाइभसँग कुरा गर्दै पासवानले भनिन्, ‘हामी तीव्रताका साथ चुनावी मैदानमा लागेका छौं र आन्दोलनहरुबाट प्राप्त उपलब्धीको रुपमा रहेको सङ्घीयता र मधेशको पहिचान स्थापित गर्न संस्थागत गर्ने नेता उपेन्द्र यादवको आवश्यकता प्रतिनिधिसभाभित्र छ, त्यसैले जनताबाट भारी मतले चुनिएर आउनैपर्छ ।’

प्रस्तुत बारा २ मा हुन गईरहेको उपनिर्वाचनको सन्दर्भमा नेपाली कांग्रेसका महिला नेता कलावती पासवानसँग मधेशलाइभले गरेको संक्षिप्त कुराकानीः

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780