बारा – बाराको देवताल गाउँपालिका–२ कल्याणपुरस्थित मतदानस्थल बाहिर भोटका लागि पैसा बाँड्दै हिँडेका जनमत पार्टीका चार जना कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ परेका चारै जना बाहिर जिल्लाका हुन् । मतदाताहरुका अनुसार जनमत पार्टीका कार्यकर्ताले मतदातालाई प्रभावमा पार्न पैसा बाँडिरहेका थिए । अन्य पार्टीका कार्यकर्ताले थाहा पाएपछि हो–हल्ला भएसँगै ती चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
यता, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले मतदानस्थल बाहिर हो–हल्ला गर्ने ४ जनालाई नियन्त्रणमा लिएको बताए । ‘उनीहरु बाहिर जिल्लाका रहेको बुझिएको छ, अन्य सबै मतदानस्थलमा शान्तिपूर्ण ढंगले मतदान जारी छ ।’, उनले भने ।