जनकपुरधाम, १५ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकोप्टरबाट मंगलबार काठमाडौँ लगिएको छ ।
स्वास्थ्यमा थप समस्या आएपछि उनलाई काठमाडौँ लैजान चिकित्सकले सुझाव दिए पछि उनलाई काठमाडौँ लगिएको हो । सिरोहियालाई उपचारका लागि मेडिसिटी अस्पताल भर्ना गरिएको जनाईएको छ । नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि जनकपुरस्थित काब्या अस्पतालमा राखेर उपचार गरिँदैआएको थियो ।
सिरोहियाले नागरिकता दुरुपयोग गरेको भन्दै वैशाख तेस्रो साता प्रहरीमा जाहेरी परेको थियो । सोही जाहेरीको आधारमा उनलाई प्रहरीले पक्राउ कारवाही प्रक्रिया अगाडि बढाएको थियो । तस्विरः घनश्याम मिश्र/जनकपुरधाम