भारतमा स्कुल, कलेज, सिनेमा हल खोल्न अनुमति दिइयो

जनकपुरधाम । भारतमा यही अक्टोबर १५ देखि स्कुल तथा कलेज, सिनेमा हल, स्वीमिङ पुल र मनोरञ्जन पार्क खुल्ने भएको छ ।

केन्द्र सरकारले अनलक–५ अन्तरगत लकडाउन थप खुकुलो गर्दै मार्चबाट स्कुलक तथा कलेज, सिनेमा हल, स्वीमिङ पुल र मनोरञ्जन पार्क खोल्ने अनुमति दिएको हो ।

यद्यपि खोल्ने नखोल्ने अन्तिम निर्णयको अधिकार केन्द्र सरकारले राज्य सरकार र सम्बन्धित संस्थालाई दिएको छ ।

भारत सरकारले स्वास्थ्य सुरक्षाका केही सर्तसहित अबको १५ दिनमा ती क्षेत्र खुला गर्ने अनुमति दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिकात्मक तस्बिर ।

Author:



क्याटोगरी छान्‍नुहोस