जुवा वा सट्टेबाजी खेल खेलाउने तीन जना पक्राउ

मोरङ, १५ असोज । मोरङको विराटनगरबाट ठुलो रकमको बाजी राखी जुवा वा सट्टेबाजी खेल खेलाउने ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर १५ का ३८ बर्षीय मुन्ना भन्ने सत्यजित साह, ३८ बर्षीय बैजनाथ साह र विराटनगर १७ का ४२ बर्षीय जगदिश साह रहेका छन् । पक्राउ परेका तीनै जनाले यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजीको कारोबार गर्ने गरेको विशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई १३ गते राती पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट नगद ६० हजार रुपैंया, १ थान ल्यापटप, ३ थान मोबाईल र १ थान मोटरसाइकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुले अनलाइनबाट कुन टिमको हारजीत हुन्छ भनी बाजी मार्नका लागी रकम कबोल गराई सट्टेबाजी खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका तीनै जना उपर कानुनी कारबाही अगाडि बढाईएको उक्त कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस