पहलगाम आतङ्की हमलामा २६ पर्यटकको मृत्यु, २० भन्दा बढी घाइते, प्रहरीको सर्च जारी

एजेन्सी
जनकपुरधाम, १० वैशाख । भारतको जम्मु–कश्मीर राज्य अन्तर्गत पहलगामको बाइसरन क्षेत्रमा भएको आतङ्की हमलामा २६ जना पर्यटकको ज्यान गएको छ भने २० भन्दा बढी व्यक्ति घाइते भएका छन् । घटना पश्चात उक्त क्षेत्र त्रसित त्रास र शोकमग्न भएको हुन पुगेको छ ।

मङ्गलबार दिउँसो २ः५० बजे, अनन्तनाग जिल्लाको बाइसरन घाँसे मैदानमा चारदेखि छ जना सशस्त्र आक्रमणकारीहरूले पर्यटकहरूलाई लक्षित गर्दै अन्धाधुन्ध गोली प्रहार गरेका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार प्रहरी पोशाकमा रहेका आक्रमणकारीहरूले नाम सोधेर, कलमा पढ्न लगाएर, र धर्म पहिचान गर्न शारीरिक परीक्षण गरेर गैर–मुस्लिमहरूलाई लक्षित गरेको जनाइएको छ ।

घटनास्थलमा सेना, प्रहरी र उद्धारकर्मीहरू तत्काल परिचालित गरिएको थियो । घाइतेहरूको उद्धारका गरी उपचारका लागि हेलिकप्टरमार्फत अनन्तनाग र श्रीनगरका अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ ।

मृतकहरूमध्ये २४ जना भारतीय नागरिक, नेपाल र युएईका २ जना विदेशी पर्यटक रहेका छन् । हमलाको जिम्मेवारी पाकिस्तानमा आधारित लश्कर–ए–तैयबाको सहायक समूह “द रेसिस्टेन्स फ्रन्ट ९त्च्ँ०“ ले लिएको छ । उक्त समूहले कश्मीर उपत्यकामा बाह्य बासिन्दाहरूको बसोबास विरुद्ध विरोध जनाउँदै यो हमला गरेको बताएको छ । सुरक्षाकर्मीहरूले आक्रमणकारीहरूको खोजी कार्य तिब्र पारेका छन् । पहलगाम तथा आसपासका क्षेत्रहरुमा सुरक्षाकर्मी खोजतलास जारी राखेका छन् ।

आतङ्ककारी हमलाको प्रधानमन्त्री नरेन्द्र मोदीले कडा निन्दा गर्दै दोषीहरूलाई कुनै हालतमा नछोड्ने बताएका छन् । उनले आफ्नो साउदी अरब भ्रमण छोट्याएर भारत फर्कने निर्णय गरेका छन् । गृहमन्त्री अमित शाह तत्काल श्रीनगर पुगेका छन् । सुरक्षास्थिति मूल्याङ्कन गर्दै आवश्यक निर्देशन समेत दिएका छन् ।
संयुक्त राष्ट्रसंघ, अमेरिका, युरोपेली संघलगायत अन्तर्राष्ट्रिय समुदायले हमलाको निन्दा गर्दै भारतप्रति ऐक्यबद्धता व्यक्त गरेका छन् । तस्विरः oneindia

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780