अनुभव: ट्राफिकलाई जरिवाना तिर्दा पनि ‘करोडको मज्जा’

मनोज गजुरेल
रत्नपार्कमा ट्राफिकले ‘नमस्कार’ गर्दै गाडी रोक्नुभयो । लाइसेन्स, ब्लुबुक जाँच्नुभयो । र, वाकीटकीमा सोध्नुभयो( ‘सर‘ …नम्बर गाडीको कसुर रु…जवाफ आयो ‘लापरवाहीपुर्वक गाडी चलाएको ।’

मैले सोधेँ ‘कस्तो लापरबाही’ भन्नुभयो ‘गाडी हाँक्दै मोबाईल चलाएको ।’ थप्नुभयो ‘क्यामेरा र सादा पोशाकमा ट्राफिकहरु तपाईँलाई नियालिरहेका छन्, जहाँ जहिले पनि कारवाहीमा पर्न सक्नुहुन्छ ।’
फेरी प्रश्न गर्नुभयो ‘नागरिक एप चलाउनुहुन्छ ?’ एप देखाएपछि भन्नुभयो ‘अहिले जान सक्नुहुन्छ, पछि एप चेक गर्नुहोला ।’

म दङ्ग पर्दै हिंडेँ । तर, बेलुका नागरिक एपमा रु.५०० जरिवानाको नोटिस आएको रहेछ । कारण, लापरवाही पुर्वक गाडी चलाएको । मैले ई सेवाबाट जरिवाना तिरेँ, खुसीसाथ । मन्जु पनि खुसी भईन्, किनकी गाडी हाँक्दा मोबाइलमा बोल्ने मेरो बानीबाट उनि पनि आजित भएकी थिईन् ।

‘लातोंका भुत बातोंसे नही मानता’ भनेको सही रहेछ । जरिवाना मेरो ‘ड्राईभ एण्ड मोबाइल’को खराब बानी संभवतः अब छुट्छ होला । ट्राफिक प्रहरीले पनि सुचना र प्रविधिको प्रयोग सकारात्मक रुपमा गर्दैरहेछ । बैंक र ट्राफिक कार्यालय धाउने झण्झट भएन । ट्राफिक काउन्सिलिङ राम्रो भएछ ।

मुख्य कुरा ट्राफिक प्रहरीबाट प्रिभिलेज पाएर म धेरै पटक दण्डबाट उम्किएको छु, जुन आफ्नैलागि दुर्घटनाको कारण बन्न सक्थ्यो । साँच्ची भनेको, जरिवाना तिर्दा पनि करोडको मज्जा आयो । जे होस्, देशमा केही हुँदै नभएको चाहीँ होईन । सोचे जति नभएको मात्र हो तर केही केही त अवश्य हुँदैछ ।

source:Manoj Gajurel/facebook post

Author:



क्याटोगरी छान्‍नुहोस