जितेन्द्र सोनार मधेश प्रदेशका मुख्यमन्त्री नियुक्त

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनार मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

नेपालको संविधानको धारा १६८(२) अनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार सोनारलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। उनले जसपा नेपाल, लोसपा, नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र जनमत पार्टीको समर्थनसहित पाँचदलीय गठबन्धनको नेतृत्व गर्दै सरकार गठनको दाबी प्रस्तुत गरेका थिए।

नियुक्तिपछि सोनारले हालैको जेनजी आन्दोलनपछि राजनीतिक रूपमा शून्यतामा पुगेको प्रदेशमा सुशासन कायम गर्न आफ्नो प्राथमिकता हुने बताएका छन्। प्रारम्भिक चरणमा गठबन्धनका पाँचै दलको सहभागितामा सानो आकारको मन्त्रिपरिषद् विस्तार गरिने उनले जानकारी दिए।

Author: