जेन–जी आन्दोलनमा सप्तरी जिल्ला अदालतबाट झण्डै २५ लाख नगद गायब !

राजविराज । राजविराज–जेन–जी आन्दोलनको समयमा सप्तरी जिल्ला अदालतबाट झण्डै २५ लाख नगद गायब भएको खुलेको छ ।

गत भदौ २४ मा भएको आगजनी र तोडफोडपछि अदालतबाट दुई लाख भारु र २१ लाख ६७ हजार नेपाली रुपैयाँ गरी कूल २४ लाख ८७ हजार नगद गायब भएको खुलेको हो । जेन–जी समूहले राजविराजमा प्रदर्शन गरिरहेका बेला दिउँसो करिब ३ बजे नै अदालतमा आगजनी र तोफोड भएको थियो । त्यस बेला अदालतको लेखा र दर्ता फाँट सुरक्षित रहेपनि भोलिपल्ट बिहानसम्ममा ती रकम गायब भएको हो ।

दुवै फाँटमा साँझ भने सामान्य तोडफोड भएको थियो । प्रतिवादीबाट प्रमाण स्वरुप प्राप्त भएको २ लाख भारु दर्ता फाँट र २१ लाख ६७ हजार नेपाली रुपैयाँ नगद लेखाबाट गायब भएको खुलेको छ । अदालतबाट ती नगद गायब भएको विषय सर्वोच्च अदालतमा विवरण पठाए पनि अनुसन्धानको लागि प्रहरीलाई औपचारिक रुपमा जानकारी गराइएको छन् ।

अदालतका सूचना अधिकारी उमेशकुमार अर्यालले आन्दोलनको बेला अदालतबाट ती नगद चोरी भएको विवरण सर्वोच्च अदालतमा पठाइसकेको बताए । ‘प्रहरीले के–के टिपोट गरेको छ भन्ने कुरा मलाई जानकारी भएन’ उनले भने, ‘हामीले पठाउनुपर्ने ठाउँमा विवरण पठाइसक्यौं ।’ उनका अनुसार सीसीटिभी रहे पनि त्यसमा स्पष्ट देखिदैन । सूचना अधिकारी अर्यालले लेखापालको नाम स्पष्ट नरहेको बताए ।

‘केही समयअघि मात्रै उहाँ थप जिम्मेवारीमा आउनुभएको छ’ उनले भने, ‘मलाई नाम थाहा भएन, कोलेनिकाबाट प्रष्ट हुन्छ’ लेखापाल टेकनारायण यादवले रकम सुरक्षित राख्ने आफ्नै दायित्व रहे पनि आफु तिर्थयात्राबाट आन्दोलनको अघिल्लो दिन नै घर फर्किएकाले ती नगदबारे जानकारी नभएको बताए ।

‘त्यो नगद कार्यालय सहयोगी कामेश्वर यादवले राख्नुभएको थियो’ उनले भने, ‘मैले त नगद हराएको कुरा भोलिपल्ट मात्रै सुने“ र कामेश्वरज्यूले पनि जानकारी गराउनुभयो ।’ आन्दोलनको दिन साँझ साँझ ५ बजेतिर अदालत पुगे पनि बाहिरबाट हेरेर फर्किएको लेखापाल यादवको भनाइ छ ।

अघिल्लै दिन प्राप्त भएको सो रकम भोलिपल्ट बैंक दाखिला गराउनुपर्ने थियो । तर, अदालतमा आगजनी र तोडफोड भएको दिन दिउँसो ३ बजेसम्म पनि सो रकम बैंक दाखिला नभएको देखिदा घटना अझै शंकास्पद देखिएको छ । त्यसमा विषयमा कार्यालय सहयोगी कामेश्वरसँग बुझ्न खोज्दा फोन उठेन । प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले अदालतबाट रकम चोरी भएको विषयमा छानबिन हुनुपर्ने बताए । अदालतभित्रको विषय भएको भन्दै छानबिनबारे श्रेस्तेदारसँग थप छलफल गर्ने जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस