प्रतिनिधि सभा निर्वाचनको विस्तृत कार्यक्रम सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको निर्णयअनुसार प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका कार्यक्रम आजदेखि लागू हुनेगरी आयोगको वेबसाइट र नेपाल राजपत्रमा प्रकाशित गरिएको छ।

प्रत्यक्ष निर्वाचन कार्यक्रम

माघ ६ : उम्मेदवारी दर्ता (१०:००–१७:००) र प्रारम्भिक नामावली प्रकाशन

माघ ७ : उम्मेदवारीविरुद्ध उजुरी (१०:००–१५:००)

माघ ७–८ : उजुरी तथा मनोनयन जाँचबुझ

माघ ८ : उम्मेदवारको नामावली प्रकाशन

माघ ९ : उम्मेदवारी फिर्ता (१०:००–१३:००), अन्तिम नामावली प्रकाशन र चिन्ह वितरण

समानुपातिक निर्वाचन कार्यक्रम

मंसिर २१–२३ : दलहरूको सहभागिताका लागि निवेदन दर्ता

मंसिर २४ : निवेदन दर्ता गरेका दलहरूको नामावली प्रकाशन

पुस १३–१४ : बन्द सूची दर्ता

माघ २० : बन्द सूचीको अन्तिम प्रकाशन

मतदान

निर्धारित कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभरका मतदान केन्द्रहरूमा मतदान हुने आयोगले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस