राजविराज । सप्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरकान्त चौधरी अग्रस्थानमा रहेका छन्।
मतगणना विष्णुपुर गाउँपालिका–१ स्थित साविक गा.वि.स. भवन जमुनिमधेपुरबाट सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। हालसम्म सार्वजनिक भएको प्रारम्भिक मतपरिणामअनुसार रास्वपाका चौधरीले ८६९ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्।
त्यसैगरी, जनता समाजवादी पार्टी (जसपा) नेपालले ४८९ मत, नेपाली कांग्रेसले २४१ मत, जनमत पार्टीले ७१ मत,नेकपा (एमाले)ले १७ मत तथा नेपाल कम्युनिष्ट पार्टी (तारा) ले १३ मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर ३ मा मतगणना कार्य जारी रहेको छ।