सप्तरी–३ मा रास्वपाका अमरकान्त चौधरीको अग्रता

राजविराज । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सप्तरी क्षेत्र नम्बर ३ मा जारी मतगणनामा अमरकान्त चौधरी अग्रस्थानमा रहेका छन्।

हालसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार अमरकान्त चौधरीले १२ हजार ३८२ मत प्राप्त गरेका छन्।

यस्तै उपेन्द्र यादव (जनता समाजवादी पार्टी नेपाल) ले ८ हजार ३६७ मत प्राप्त गरेका छन् भने दिनेश यादव (नेपाली कांग्रेस) ले ४ हजार ३६१ मत पाएका छन्।

त्यसैगरी ताराकान्त चौधरी (नेपाल कम्युनिष्ट पार्टी एमाले) ले २ हजार ९९, सुरेन्द्र शर्मा (जनमत पार्टी) ले १ हजार ५७६ र अरुण कुमार साह (नेपाल कम्युनिष्ट पार्टी) ले १ हजार ६१ मत प्राप्त गरेका छन्। सप्तरी–३ मा मतगणना कार्य जारी रहेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस