चाँदनी झा र शारदा पोखरेललाई ‘रामा यादव स्मृति पत्रकारिता पुरस्कार

रौतहट । मधेश प्रदेशको स्वास्थ्य क्षेत्रका बेथिति तथा सुधारका लागि निर्भिकताका साथ पत्रकारिता गर्दैआएकी जनकपुरधामकी पत्रकार चाँदनी झा पुरस्कृत भएकी छिन् ।

रौतहटको गौरमा आयोजित एक कार्यक्रमबीच उनलाई ‘रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८२’ प्रदान गरिएको हो । यसैगरी स्वास्थ्य पत्रकारितामा उत्कृष्ट समाचार सम्प्रेषण गर्ने बारा जिल्लाबाट पत्रकारिता गर्दै आएकी शारदा पोखरेललाई “रामा यादव स्मृति पत्रकारिता पुरस्कार–२०८१ प्रदान गरिएको हो । पोखरेल रातोपाटी अनलाइन डट्कमका बारा सम्वाददाता हुन् भने झा जनकपुरधाम स्थित टिभी टुडेमा कार्यरत छन् ।

आयोजक रामा यादव स्मृति प्रतिष्ठान रौतहटका अध्यक्ष अनु यादवको अध्यक्षतामा आयोजित समारोहमा पत्रकार झा र पोखरेललाई जनही नगद २६ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । पुरस्कृत पत्रकार झालाई मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश कुमार यादवले पुरस्कार हस्तान्तरण गरेका छन् ।

लामो समयदेखि प्राइम टेलिभिजन र टिभी टुडे जनकपुरसँग आबद्ध झा स्वास्थ्यका साथै जनसरोकारका विषयमा सक्रिय पत्रकारिता गर्दैआएका छिन्। सरकारी अस्पतालको अवस्था, बिरामीले भोग्नुपरेका समस्या तथा ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँचजस्ता विषयमा उनले निरन्तर समाचार सम्प्रेषण गर्दै आएकी छन् ।

पुरस्कार ग्रहण गर्दै पत्रकार झाले आफुले जिम्मेवार भई पत्रकारिता गर्दैआएको चर्चा गर्दै पुरस्कार पाउँदा गौरवान्वित र थप जिम्मेवार बनाएको बताए । मधेशमा महिला पत्रकारहरुलाई पत्रकारिता गर्न चुनौति रहेको बताउँदै उनले भने ‘महिलाको मनोवल तोड्ने काम हुने गरेको अवस्थामा यस्ता पुरस्कारले प्रोत्साहित गर्न मदत मिल्छ ।’

२०७८ साल वैशाख २८ गते कोरोना संक्रमणका कारण सञ्चारउद्यमी रामा यादवको निधन भएको थियो । उनका पति जयप्रकाश यादवले रामाको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरी निरन्तर रुपमा प्रदान गरिदै आएको छ । सच्याइएको । सं.

Author:



क्याटोगरी छान्‍नुहोस