तनाव कम गर्ने उपाय

डा. सुष्मा साउद

फिफा विश्वकपमा रातभर जागेर खेल हेर्नुहुन्छ भने तपाईंको शरीरमा तनाव र थकानले यस्ता लक्षण देखाउन सक्छन् । कतिपयलाई त यस्ता लक्षण एन्जाइटी जस्तै पनि लाग्न सक्छ । सामन्यतया विश्वकप हेर्दा रातभर जाग्ने बानीले शरीर र मन दुवैमा असर गर्न सक्छ ।

यस्ता लक्षण देखिन सक्छन्:

टाउको दुख्ने
आँखा पोल्ने वा भारी हुने
चिडचिडापन र तनाव बढ्ने
ध्यान केन्द्रित गर्न गाह्रो हुने
थकान र आलस्य
ग्यास्ट्रीक वा अपचको समस्या
निद्रा नलाग्ने वा निद्राको क्वालिटी बिग्रने ।

आयुर्वेदअनुसार मन शान्त र शरीर सन्तुलित राख्न यसो गर्नुहोस्:

खेल हेर्दा पर्याप्त पानी पिउनुहोस्
चिया, कफी र energy drinks को अत्यधिक प्रयोग नगर्नुहोस्
राति भारी, तारेको र जंक फुड कम खानुहोस्
खेल सकिएपछि ५–१० मिनेट गहिरो श्वासप्रश्वास (प्राणायाम) गर्नुहोस्
बिहान उठेर १५-२० मिनेट हिँड्ने वा हल्का योग गर्ने
दिनभरि सकेसम्म छोटो विश्राम लिएर निद्राको कमी पूर्ति गर्ने
मोबाइल र स्क्रिनबाट केही समय टाढा रहने
चरक संहिताले भन्छ- ‘प्रसन्नात्मेन्द्रियमनाः स्वस्थ इत्यभिधीयते |’

अर्थात, जसको आत्मा, इन्द्रिय र मन प्रसन्न हुन्छ, उसैलाई वास्तवमा स्वस्थ भनिन्छ ।
खेलको रमाइलो लिनुहोस्, तर आफ्नो निद्रा र स्वास्थ्यको पनि ख्याल राख्नुहोस् । हजुरहरू सबैको समय शुभ बितोस् । जय आयुर्वेद!

Author:



क्याटोगरी छान्‍नुहोस