राजविराज–सप्तरीको राजविराजका युवा नेता तिर्थनारायण दासले नेपाली कांग्रेस पार्टी छाड्ने भएका छन् ।
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य तथा प्रदेश प्रतिनिधिसमेत रहेका दासले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छाड्न लागेका हुन् ।
मधेशलाइभसँग कुरा गर्दै दासले पार्टीमा नीति–सिद्धान्तभन्दा पनि व्यक्ति हावी भएको र इमान्दार तथा सक्रिय कार्यकर्ताको मूल्यांकन नभएको आरोप लगाए ।
‘जिल्ला अधिवेशनमा पनि ३/४ जना मिलेर आफु अनुकुल निर्णय लिए’ उनले भने, ‘अन्य कार्यकताले पार्टीका लागि गरेको योगदानको कदर भएन ।’
१४ वर्षसम्म कांग्रेसमा सक्रिय राजनीति गरेका उनले पार्टी छाडेर तत्काल स्वतन्त्र रुपमै राजनीति गर्ने बताए । ‘अन्य पार्टीमा जाने/नजाने विषयमा विचार गर्दैछु’, उनले भने ।