ईप्रका कञ्चनपुरद्वारा दैनिक कार्य सुचारु

राजविराज, २३ कार्तिक । ईलाका प्रशासन कार्यालय कञ्चनपुर सप्तरीले आजदेखी कार्यालयको दैनिक कार्य सञ्चालन गर्दै सेवा सुचारु गरेको छ ।

कार्यालयले आइतवार एक सूचना जारी गर्दै नयाँ र प्रतिलीपी नागरिकता जारी गर्ने, समावेशी प्रमाणित गर्ने, राहदानीको आवेदन संकलन गर्ने तथा राहदानी वितरण गर्नेलगायतका कामहरु सञ्चालन गरिने जनाइएको छ । गत कार्तिक १२ गते सूचना जारी गर्दै दैनिक कार्यहरु स्थगित गरिएको थियो ।

स्वास्थ्य सतर्कता एवं मापदण्ड पालना गरी २० जनाको नयाँ र प्रतिलीपी नागरिकता जारी गर्ने, १५ जनाको समावेशी प्रमाणित गर्ने सुचनामा उल्लेख गरिएको छ ।
यसै गरि ७ जनाको राहदानी आवेदन संकलन र माग अनुसार राहदानी वितरण गर्ने जनाइएको छ ।

सेवाग्राहीहरुलाई स्वास्थ्य सम्बन्धि सतर्कता अपनाउनसमेत सूचना मार्फत आग्रह गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस