पछिल्लो २४ घण्टामा थप १ हजार १९७ जनामा कोरोना संक्रमण, २ हजार ९३४ जना कोरोनामुक्त

जनकपुरधाम, १ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १९७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांकअनुसार सोही अवधिमा २ हजार ९३४ जना संक्रमीत निको भएर डिस्चार्ज भएका छन् । हालसम्म कुल १ लाख ७६ हजार ३६४ जना संक्रमित कोरोना मुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ३७९ रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ हजार २३० पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस