जसपा र नेकपा एकीकृत मार्क्सवादी पार्टी बीच एकता

 

काठमाण्डौ, १७ पुस । जनता समाजवादी पार्टी र नेकपा एकीकृत मार्क्सवादी पार्टी बीच शुक्रवार एकता भएको छ ।

पार्टीका अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादव र नेकपा एकीकृत माक्सवादीका संयोजक अमृत पुरी बीच पार्टी एकता भएको हो । उनीहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै पार्टी एकताको घोषणा गरेका हुन् ।
जनता समाजवादी पार्टी नेपालले लिएको पहिचानसहितको संघीयता, वहुराष्ट्रिय राज्य, समावेशिता, समतामूलक, समृद्धि र समाजवादी लोकतान्त्रिक गणतन्त्र जस्ता आधारभूत राजनीतिक, आर्थिक तथा सामाजिक लक्ष्यसहितको समुन्नत संघीय समाजवादी सिद्धान्त र कार्यक्रमसँग सहमत रहँदै विगत लामो समयदेखि नेपाली समाजको वर्गिय, राष्ट्रिय लगायतका सबैखाले उत्पीडनहरुबाट नेपाली जनतालाई मुक्त गर्ने उद्देश्यका साथ क्रियाशिल रहँदै नेपालमा सञ्चालित ऐतिहासिक लोकतान्त्रिक आन्दोलनहरुमा श्रमजिवि जनताका साथ रहँदैआएको नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी बीच एकता भएको घोषणा गरिएको छ । आजकै मितिदेखि नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादीका सबै सदस्य तथा समितिहरु समेत जनता समाजवादी पार्टी नेपालमा रुपान्तरण भएको प्रेस विज्ञप्तिमा जनाईएको छ ।

पार्टी एकता घोषणा कार्यक्रममा दुवै पार्टीका केन्द्रीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस