राजविराज, २५ माघ । प्रदेश २ सरकारले हालै सञ्चार क्षेत्रमा तीन जनालाई नियुक्त गरेको निर्णयप्रति मैथिली साहित्य परिषद् राजविराजले धन्यवाद् सहित नियुक्त भएकाहरुलाई बधाइ दिएको छ ।
परिषद्का अध्यक्ष सतिश कुमार दत्तले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै सप्तरी जिलावासी एवम् मैथिली साहित्य परिषदका कार्यासमितिका उपाध्यक्ष श्याम सुन्दर यादव प्रदेश आम सञ्चार प्राधिकरणको अध्यक्ष तथा आजीवन सदस्य शिवहरि प्रसाद भट्टराइ मिडिया काउन्सिलको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त गरेको बधाइ दिएका छन् ।
प्रदेश सरकारको यो निर्णयले परिषद अति खुशी एवम् गर्वको अनुभूति गरिरहेको भन्दै प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘नव नियुक्त परिषदका आजीवन सदस्यद्वय भट्टराइ र यादव पत्रकारिता क्षेत्रको अनुभवले खारिएका व्यक्तित्व हुनुहुन्छ र वहाँहरुको कार्यकालमा पत्रकारिता क्षेत्रमा मैथिली भाषाको उच्चतम प्रयोग र काम हुनेमा परिषद्ले अपेक्षा राखेको छ ।’
यसैगरी प्रदेश नम्वर २ सरकारद्वारा लोक सञ्चार प्रवद्र्धन बोर्डको अध्यक्षमा सिरहा निवासी धर्मेन्द्र मोरबैता नियुक्त भएकोमा सफल कार्यकालको कामना गर्दै परिषद्ले प्रेस विज्ञप्तिमार्फत बधाइ ज्ञापन गरेको छ ।