आजबाट मौसम सुधार हुने, यस्तो छ तीन दिनको पूर्वानुमान

राजविराज, २५ माघ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आशिक प्रभाव कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपी, प्रदेश १ का पहाडी भू–भागहरुबाहेक मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भु–भागमा आंशिक वदली रहेको जनाएको छ ।

तीन दिनको मौसम पूर्वानुमान

माघ २५ गते (आइतबार)
दिउँसो: प्रदेश १ को पहाडी भू–भागमा आंशिक वदली रही वाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: प्रदेश १ को पहाडी भू–भाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।

माघ २६ गते (सोमबार)
दिउँसो: सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

रातीः सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ २७ गते (मंगलबार)
दिउँसो: सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

रातीः सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक देखि सामान्य बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस