पछिल्लो २४ घण्टामा ९९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २४८ जना निको भए

जनकपुर, २४ माघ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७१ हजार ८०६ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक तथ्यांकमा छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार ८१२ पुगेको छ ।

हाल नेपालमा १ हजार ९५९ जना आइसोलेसनमा छन् भने कोरोना संक्रमणबाट हालसम्म २ हजार ३५ जनाको मृत्यु भइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस