गाई/गोरु तस्करी गर्ने दुई जना पक्राउ

राजविराज, २६ माघ । सप्तरीमा नेपालबाट गाई/गोरु तस्करी गरी भारततर्फ पठाउने दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कञ्चनपुर नगरपालिका–६ बलहाका १७ वर्षीय मो. अजमुदिन र २४ वर्षीय मो.फिरोज रहेका छन् ।

उनीहरुलाई बोदे बरसाइन नगरपालिका–५ जाँजरबाट नियन्त्रणमा लिइएको छ । दुवै जनालाई १० वटा गाई/गोरु भारततर्फ लैजादै गर्दा नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बोदे बरसाइनले जनाएको छ । भारतमा लगेर विक्री गर्ने उद्देश्यले गाई/गोरु लगिरहेको बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस