दलित सशक्तिकरण ऐन छिट्टै कार्यान्वयन हुन्छ : मन्त्री साह

राजविराज, २६ माघ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेश सरकारद्वारा ल्याइएको दलित सशक्तिकरण ऐन छिट्टै कार्यान्वयनमा आउन लागेको बताएका छन् । दलित सरोकार मंच नेपाल सप्तरीले सोमबार सप्तरीको महुलीमा आयोजना गरेको ‘दलित सशक्तिकरण ऐन कार्यान्वयन अवस्था चुनौती र अबसर बिषयक दलित अगुवासँग अन्तरक्रिया’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री साहले दलित सशक्तिकरण कार्यान्वयनलागि व्यवस्था गरिएको समितिहरुमा छिट्टै नियुक्ती गर्न लागेको जानकारी गराए । कार्यक्रमका प्रमुख अथिति समेत रहेका मन्त्री साहले दलित समुदायको हक अधिकार सुनिश्चितताकोलागि प्रदेश सरकारले दलित सशक्तीकरण ऐन ल्याएको बताए ।

सो ऐनमा दलित समुदायका शिक्षा, स्वास्थ्य, रोजगार, आरक्षणसहितका धेरै सुविधाको व्यवस्था गरिएको उनले बताए । ‘चाँडै समितिहरु गठन गरेर ऐन कार्यान्वयनमा ल्याउन म प्रतिबद्धता छु’ उनले भने–‘कर्मचारी अभावले मात्रै काम गर्न केही कठिनाई भएको हो ।’

प्रदेश २ सरकार उत्पीडित जाती समुदायको प्रतिनिधि गर्ने सरकार रहेको दाबी गर्दै मन्त्री साहले ऐन कार्यान्वयनमा आएपछि दलितमाथी हुने सबै प्रकारको भेदभाव समाप्त हुने दावी गरे । कार्यक्रममा जनता समाजवादी दलित संघका संयोजक श्याम सरदारले दलित सशक्तीकरण ऐन ल्याएको भन्दै सरकारलाई धन्यवाद व्यक्त गरे ।

पत्रकार भोला पासवानले ऐनमा पुर्ण आरक्षणको व्यवस्था रहेकोे विषयमा स्पष्ट गरे । औचित्यबारे प्रकाश पार्दै पासवानले ऐन लागू हुनासाथ दलित समुदायको अधिकांश समस्य हल हुने दाबी गरे ।

दलित सरोकार मंच नेपालका अध्यक्ष युक्तिलाल मरिकको अध्यक्षतामा आयोजित कार्यक्रममा शम्भुनाथ नगरपालिकाकी उपप्रमुख कबिता सरदार, रुपनी गाउँपालिकाकी उपाध्यक्ष बेचनी देवि सरदार, तिरहुत गाउँपालिकाकी उपाध्यक्ष तिर्थमाया खंगले कानुनले छुवाछूत प्रथाको अन्त्य गरेपनि व्यवहारमा लागु नभएको गुनासो गरेका छन् ।

सरोकार मंचका कार्यक्रम सहायक अनिता खंगले सञ्चार गरेको अन्तरक्रियामा प्रथम लाल राम, रंजना कुमारी राम, मुन्नी कुमारी खंग, अर्चना परियार, दुर्गादेवि खंग, बेलि देवि राम देवलाल खंग, मनोज राउत मेहतर, कपेलेश्वर सरदार, रुपलाल बिश्वकर्मा, सियाराम पासवान, डिक बहादुर विश्वकर्मा, कमानन्द रामले ऐनलाई प्रभावकारी रुपले कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस