प्रेस युनियनमा विवाद ! केन्द्रीय सदस्य र सप्तरी अध्यक्षद्वारा राजीनामाको घोषणा

राजविराज, २६ माघ । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अवधेश झाले पद परित्याग गरेको घोषणा गरेको छ । उनले आज सामाजिक सञ्जालमार्फत नेपाल प्रेस युनियनको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।

युनियनमा गुटबन्दी भइरहेको आरोप लगाउँदै उनले गुटबन्दी स्वीकार्न नसक्ने उल्लेख गरेका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका झाले सामाजिक सञ्जालमा लेखेका छन्, नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य सहित साधारण सदस्य समेत परित्याग गर्दछु । गुटबन्दी स्वीकार्न सकिँदैन्,अवैधानिक कामलाई काँध थाप्न सकिन्नँ ।’

यता, नेपाल प्रेस युनियनका सप्तरी अध्यक्षले पनि पद परित्यागको घोषणा गरेको छ । जिल्ला अध्यक्ष रामनारायण विश्वास ‘आरएन विश्वास’ ले आजै सामाजिक सञ्जालमार्फत युनियनको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् । उनले पनि युनियनमा गुटबन्दी भइरहेको आरोप लगाएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस