दुई सय रुपैयाँले घट्यो सुनको मुल्य, आज कतिमा भइरहेको छ कारोबार ?

जनकपुर । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा ९० हजार ४ सयमा कारोबार भइरहेको छ ।

छापावाला सुन आइतबार तोलामा ९० हजार ६ सयमा कारोबार भएको थियो । त्यसैगरी तेजाबी सुन पनि तोलामा २ सयले घटेको छ ।

तेजाबी सुन आज ८९ हजार ९५० मूल्य निर्धारण भएको छ । त्यसैगरी, चाँदी तोलामा पाँच रूपैयाँ बढेको छ । एक हजार ३१० मा आइतबार कारोबार भएको चाँदी आज तोलामा एक हजार ३१५ मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस