सप्तरीका युवाहरुको उदाहरणीय कार्यः ‘स्लो बाइक’चलाउनेलाई पुरस्कार

राजविराज, ७ चैत । सप्तरीको बोदे बरसाईन नगरपालिकामा शनिवार ‘प्रथम स्लो बाइक राइड’ प्रयोगिताको आयोजना गरिएको छ । युवाहरुको पहलमा वडा नम्वर ०५ स्थित चन्द्रा नमूना माविको खेल मैदानमा प्रतियोगिता आयोजना गरिएको छ ।

अहिले युवाहरु प्रायजसो तिव्र गतिमा मोटरसाइकल चलाइरहेका कारण अत्यधिक दुर्घटना भइरहकाले स्लो गतिमा सवारी साधन चलाउदा केही हदसम्म दुर्घटना न्यूनिकरण गर्न सकिने उद्देश्य प्रवाह गर्न प्रतियोगिताको आयोजना गरिएको युवाहरुको भनाई छ । ‘प्रथम स्लो बाइक राइड’ प्रतियोगितामा आलोक यादव प्रथम स्लो बाईक राइडर भएका छन् ।

यसैगरी उमेश कुमार साह दोस्रो र मो.सगिर अलि तेश्रो स्लो बाईक राइडर बनेका छन् । प्रथम, दोश्रो र तेस्रो हुनेलाई शनिवार आयोजना गरिएको एक समारोहकाबीच नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

आयोजक समितिका अध्यक्ष बिमल कुमार यादवको अध्यक्षता तथा सोही वडाका वडा अध्यक्ष मो.मजेबुर रहमानको प्रमुख आतिथ्यमा समारोह आयोजना गरिएको हो । समारोहमा प्रथमलाई २ हजार १ रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने दोश्रोलाई १ हजार १ सय रुयैयाँ नगद, मेडल र प्रमाणपत्र तथा तेश्रोलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको जनाएको छ ।

समारोहमा चन्द्रा नमूना माविका शिक्षक जितेन्द्र प्रसाद गुप्ता, युवाहरु अनिल कपुर यादव, गुलशन यादव, बिशेम्भर यादव, राजेश यादव, अनिश मन्दल, राजु यादव लगायतका उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस