मुलुकले माओवादी खोजिरहेको छ

यतिबेला मुलुकमा राजनीतिक संकट पैदा भएको छ । राजनीतिक संकटसँगै राष्ट्रियतामाथि खतरा बढेर गएको छ । राजनीतिक दल भने यो खेलको गोटी बनेको छ । यो मुलुकको कुनै नवीन समस्या होइन । पुरातन समस्या नै हो । मुलुकले यो समस्याबाट पटकपटक निकास खोजे पनि समस्या भने दिनानुदिन विकराल बन्दै गएको छ । राष्ट्रिय समस्या घट्नुको साटो दिन दो गुणा रात चौ गुणाको हिसाबले बढेको छ ।

खासगरी २०५२ सालको माओवादी जनयुद्धले सबै किसिमको समस्यालाई किनाराकृत गर्ने उदेश्यले उद्घोष भएपनि अन्तत पुरानै फोहोरी खेल्मा फसे । अहिले माओवादी आन्दोलन घर न घाटको भएको छ । पछिल्लो चरण सोही जगमा निर्मित मधेस लगायतका आन्दोलनले बरु त्यसको जस लिन सफल भए । तर माओवादी विचारको स्खलन र विभाजनले सारा बलिदान र उपलब्धिमाथि धमिराले राज गरिरहेको छ ।

नेतृत्वको कम्जोरीको कारण १२ बुँदे शान्ति सम्झौता नै माओवादी आन्दोलनको पहिलो पासो बन्नपुग्यो । यतिबेला जनयुद्धका इमानदार नेताकार्यकर्ता, घाइते, अपांग, जनमुक्ति सेना, सहित परिवारको जीवनतिर फर्केर हेर्ने हो भने विरासत जस्तै लाग्छ माओवादी आन्दोलन वा जनयुद्ध । कोही समाजमा भोकै बाँच्नुपर्ने स्थिति छ । समाजको पुरातन दासत्व स्वीकारेर जीवन बाँच्न बाध्य छन् । कोही विभिन्न रोगको शिकार तथा घाइते अंगहरु देखाएर प्राण त्यागी रहेका छन् । नेतृत्वहरु भने हिजो जुन वर्गको विरुद्धमा लडे त्यो वर्गमा फेरिएका छन् । त्यो वर्गको सेवामा तलिन छन् ।

यतिबेला दशवर्षे जनयुद्धको वज र गरिमामाथि प्रश्न मात्र खडिएको छैन् । आमूल परिवर्तनको यात्रामा लाम्द्ध सबै सहयात्री र सहयात्राहरुको टाउको लुकाउनै मुस्किल छ । नेतृत्वहरु स्थापित भएपछि उनलाई राजनीतिको नाममा टाउको लुकाउने थुप्रै बाटाहरु छन् र बाँचेका छन् । पेन्डुलम भएर पनि मुनाफाको जीवन अरुको तुल्नामा राम्रोसँग बिताएका छन् । तर, बाँकीको जीवन दासतामा फेरि बाँधिएका छन् । भित्र विद्रोह भएपनि बाहिर मुनाफाको जीवन बाँच्न दासता सामान्य जस्तो भइसकेको छ ।

हिजोका सामन्त जमिनदार र शोषक वर्ग राजनीतिमा हावी भएका छन् । राजनीति पुरै व्यापारीकरण भएको छ । राजनीतिक दल पुरै ठेकेदार वर्ग भएको छ । राजनीतिका सबै सपनाहरू प्रतिक्रान्तिमा फेरिएका छन् । राजनीतिक दलले गर्नुपर्ने राजनीति अदालत र निर्वाचन आयोगले गरेका छन् । राजनीतिक दलको औचित्यमाथि नै यतिबेला गम्भीर रुपमा प्रश्नचिह्न खडा भएको छ ।

मुलुकको घाँटीमा यतिबेला प्रतिगमन र संक्रमण न त घाँटी भित्र छिर्न सकेको छ । न त बाहिर नै निस्किन सकिरहेको छ । यसको प्रमुख कारण मुलुकमा लामो समयदेखि देखिएको बाहिरिय संक्रमणको प्रभावले नै काम गरेको हो । जुन कुरा नेताहरूले लुकाउँदै आएको छ । र, मुलुकलाई कम्जोर पार्दै आएको छ । हाम्रो मुलुकको सबैभन्दा ठूलो राजनीतिक रोग आफैं मिल्न नसक्ने कसैले मिलाई दिनुपर्ने परम्परागत रोग नै घात रोग हो ।

कुनैबेला यही राजनीतिक दलले जनतासँग दुईतिहाई भोटको अपेक्षा गर्थे र उनीहरु त्यसको बलमा मुलुकलाई नै स्वर्ग बनाउने सपना बाँड्थे । तर, आज पटकपटक जनताले कहिले बहुमत त कहिले दुईतिहाइ मत दिएर सरकारमा सजिलै पुग्ने वातावरण बनाई दिए पनि राजनीतिक दललाई लाज लागेको छैन् । राजनीतिलाई लाजनीतिको खाडलमा पुरिसकेकाछन् । राजनीति र जनतालाई दलाली गर्ने थलो बनाई दिएका छन् । यसले मुलुक कसरी इतिहासबाट फड्को मार्न सक्छ ? जतिपटक आन्दोलन विद्रोह र क्रान्ति भए त्यसपछिको शान्तिपूर्ण राजनीतिक अवस्थामा उनै नेता राजनीतिक दल र उनका आसेपासे अर्थात् गुट उपगुट र परिवारवादले नै कब्जा गर्दै आए ।

यसबाट र यिनिहरुबाट मुलुक मुक्ति खोजिरहेको छ । यसको नेतृत्व कसले गर्ने ? फेरि उनै राजनीति दल र तिनका नेता नेतृत्वले गर्ने कि नयाँ युवा पुस्ताले गर्ने ? समय आइसकेको छ । त्यसैले राजनीतिका पुरानो चरित्रहरुले राजनीतिलाई घृनाकृत गर्न खोजिरहेको छ । ताकि घुमिफिरी यो ठाउँ उनीहरुकै कब्जामा परिरहुन् ।

संसद विघटन र पुनर्स्थापनासम्म आईपुग्दा मुलुकको राजनीति यतिबेला अर्को मोडमा उभिएको छ । कतै पुरानो राजनीति दल एमाले काँग्रेसले आफ्नो पुरानो खेलाडी दाउको प्रयोगमा छन् भने नयाँ लोकतान्त्रिक राजनीति शक्ति वा दलले उनीहरुको खेलको गोलचक्करमा फसेका छन् । तर, उनीहरु राजनीतिक खेललाई सहि दिशा दिन सकिरहेको छैन् । कतै न कतैबाट प्रभावित भइरहेका छन् ।

यसले वैकल्पिक वा लोकतान्त्रिक राजनीतिक शक्तिलाई निकास दिन सक्दैन । अहिलेको मुलुकको राजनीति दुर्दशा हेर्दा मुलुक र नागरिकले आवश्यकता बोध गरिरहेका छन् कि कमसेकम यतिकादिन जे जस्तो भएपनि लोकतान्त्रिक वा वैकल्पिक राजनीतिक शक्ति एकजुट भए पुरानो राजनीतिक दल र खेलको समाप्ति सदाको लागि हुनेछ । तर, के त्यो सम्भव छ ? ति नेताहरू यसलाई आत्मबोध गरेका छन् ? गरेको छैन् भने अब माओवादी शक्ति फेरि एकपटक जोडतोडले जाग्नुपर्छ, लाग्नुपर्छ । अब बन्दुक बोकेर होइन ।

जनता, जनमुक्ति सेना र वाइसीएललाई बन्दुक बनाएर फेरि एकपटक त्याग तपस्या सहित जनताको अर्को दशवर्ष जनताको घरदैलोमा पुग्नुपर्छ । दुःखसुख साट्नुपर्छ । माफी माग्ने ठाउँमा माफी माग्नुपर्छ । अनिमात्र मुलुक नयाँ आवरणबाट छलाङ हान्नेछ । नभए पुरानो र नयाँको संक्रमणले फ्रेस राजनीतिक व्यवस्था र अवस्थाको सृजना हुन सक्दैन ।

Author:



क्याटोगरी छान्‍नुहोस