विराटनगरमा मेयर पराजुली :  एम्बुलेन्सका रूपमा प्रयोग गर्न दिए आफ्नो निजी गाडी

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोरोना सङ्क्रमित ओसार–पसार गर्नका लागि एम्बुलेन्सका रूपमा प्रयोग आफ्नो निजी गाडी दिएका छन् । मेयर पराजुलीले आफूले प्रयोग गर्दै आएको को१झ ४९४ नम्बरको टोयटा फर्च्युनर गाडीलाई जनसेवामा समर्पित गर्ने निर्णय गरेका हुन् ।

त्यसबाहेक नेपाली काङ्ग्रेस विराटनगर महानगर समितिका कार्यवाहक सभापति अरुण न्यौपाने चढ्ने बा१५च ६३२२ नम्बरको महेन्द्रा एक्सयुभी ५०० पनि एम्बुलेन्सका रूपमा महानगरलाई उपलब्ध गराइने भएको छ ।

कोरोना भाइरस रोकथाम तथा निययन्त्रणका लागि मेयर दिन–रात खटिरहेका छन् । पहिलो लहरको कोरोना महामारीमा पनि एम्बुलेन्स लिएर सङ्क्रमितको घर–घर पुगेका थिए । दोस्रो लहरको कोरोना महामारीका बेला महानगरपालिका प्रमुख पराजुलीले गम्भीर प्रकृतिका कोरोना सङ्क्रमितका लागि घर–घर अक्सिजनको सिलिन्डर पु¥याइरहेका छन् ।

बजारमा अक्सिजन सिलिन्डर कम भएका कारण नपाएपछि सर्वसाधारणले आफूलाई फोन गर्नेगरेका कारण त्यस्ता गम्भीर प्रकृतिका सङ्क्रमितका लागि सिलिन्डर घर–घरमा पु¥याएको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस