जनकपुरधाम, ६ जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीको अवसरमा सु–स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतीको शुभकामना दिएका छन् ।
आज (विहिवार) उनले शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपालीमा सु–स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतीको कामना गरेका हुन् ।
जानकी अवमी धार्मिक आस्थाका साथै जनकपुरधाम र प्रदेश २ को गरिमालाई विश्वमै स्थापित गर्ने महत्वपूर्ण अवसर भए पनि विश्वभरि त्राहिमाम मचाएको कोरोना महामारीका कारण विगतझैं भव्यता दिन सक्ने अवस्था नरहेकोले आ–आफ्नो घरबाट माता जानकीको पूजा गर्न मुख्यमन्त्री राउतले आग्रह गरेका छन् ।