२४ घण्टामा १२१८ जनामा संक्रमण पुष्टि, १२८६ जना निको भए

काठमाडौं, २४ असार । देशभरमा पछिल्लो २४ घण्टामा थप १ हजार २१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार ३७४ जनाले पिसिआर परीक्षण गराउँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी ५ हजार १५२ जनाले एन्टिजेन परीक्षण गराउँदा ६५७ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ ।

योसँगै हालसम्म संक्रमणबाट ९ हजार ३२० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २८६ जना संक्रमणमुक्त भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस