सिनेमा घरमा आगलागी हुँदा २ करोड बराबरको क्षति, सञ्चालक घाइते

सुनसरी, १२ भदौ । सुनसरीको रामधुनीमा रहेको सिनेमा घर ‘म्याजिक हल’ मा आगलागी भएको छ । सो आगलागीमा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

बिहान ९ बजे एक्कासी विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले बताएको छ । आगलागी करिब २ घण्टा पछि ११ बजे नियन्त्रणमा आएको थियो । हल पूर्ण रुपमा जलेको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ ।

आगलागी नियन्त्रणका लागि इटहरी, इनरुवा, वराहक्षेत्र, दुहबी र कोशी गाउँपालिकाका वारुण यन्त्र परिचालित भएको थियो । त्यस्तै जनपद प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको पहलमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पकलीका प्रमुख इन्स्पेक्टर प्रकाश श्रेष्ठले जानकारी दिए । आगो भित्री रुपमा लागेपछि नियन्त्रणमा कठिनाई भएको थियो ।

हल सञ्चालक पर्शुाराम चौधरीले आफू हलको क्याबिनमा भिडियो मिक्सिङ गर्दै गर्दा धुवाको गन्ध आएपछि बाहिर गएर हेर्दा आगो सल्किसकेको बताए । उनले आफ्नो हातमा पनि आगोले पोलेको बताए । उनी सामान्य घाइते बनेको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780