सप्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

राजविराज, ३० असोज । सप्तरीको शम्भुनाथ नगरपालिका–८ मिलन चौकमा शनिवार बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।

पूूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको ना ५ ख ९००० नम्बरको बसले सोही दिशातर्फ गइरहेको स २ प ३३३३ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकलमा पछाडी सवार बलान विहुल गाउँपालिका–६ रौतहटका ४० वर्षीय प्रमोद मण्डल घाइते भएका थिए ।

उनको लहानस्थित सप्तऋषी अस्पतालमा उपचारपछि थप उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

यसैगरी ठक्करबाट घाइते भएका मोटरसाइकल चालक सोही ठाउँका ३२ वर्षीय अमरनाथ यादवलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस